लोडसेडिङ नगर्न चेतावनी
पालुङ, १७ माघ
नेपाल विद्युत प्राधिकरण भार प्रेषण विभागले कुलेखानी जलाधार प्रभावित क्षेत्रमा समेत लोडसेडिङ गर्ने समाचार सार्वजनिक गरेकै दिन बुधबार स्थानीयले चेतावनी दिएका छन् ।
स्थानीयले बुधबार प्राधिकरण पालुङ शाखा घेराउ गरी केन्द्रमा चेतावनी सुनाउन दबाब दिएका छन् । स्थानीयले समाचारमा आएजस्तो कुलेखानी जलाधार क्षेत्र चुहावट क्षेत्र नभएको हुँदा देशैभरि चोरीको संकेत गरेको प्रति समेत आपत्ति जनाएका छन् । उनीहरुले चुहावट नियन्त्रणका लागि सहयोगको खाँचो परेर स्थानीयलाई गुहारे सहयोग गर्ने समेत बताएका छन् ।
चुहावटको नाममा लोडसेडिङ गरे स्थानीयले कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
जेसीज तालिम
पालुङ
पालुङ जेसीजले यस वर्षको पहिलो कार्यक्रमअन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम प्रदान गरेको छ ।
४० नयाँ तथा पुराना सदस्यहरुलाई दामनमा संसदीय सभा प्रणाली, परिचयात्मक तथा उत्प्रेरणा तालिम प्रदान गरिएको तालिम संयोजक मनोज लामिछानेले जानकारी दिएका छन् ।
अध्यक्ष गोपीकृष्ण सेन्चुरीको सभापतित्वमा भएको तालिममा प्रमुख प्रशिक्षक संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्वअध्यक्षहरु भरत गोपाली, सुरेन्द्रमान प्रधान र ओमकर विष्टले तालिम प्रदान गरेका हुन् । तालिम सकिएसँगै आगामी तालिम चैत्र १० गते संचालन गर्ने समेत निश्चित गरिएको महासचिव महेन्द्र प्रधानले बताए ।
तालिमको अवसरमा पूर्वअध्यक्ष सहदेव ढकाल, रेडियो पालुङका प्रबन्धक कुमार नेगी, संयोजक मनोज लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
No comments:
Post a Comment